बिहार निर्वाचनका कारण सर्लाहीको नेपाल – भारत सीमा तीन दिन बन्द हुने

सर्लाही । भारतको बिहार राज्यमा हुने दोस्रो चरणको विधानसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा तीन दिनका लागि पूर्णरूपमा बन्द हुने भएको छ । सर्लाही, महोत्तरी, रौतहटसहितका जिल्लाका सबै प्रमुख नाका कात्तिक २२ गते शनिबार साँझ ६ बजेदेखि कात्तिक २५ गते साँझ ६ बजेसम्म सिल गरिने भएका हुन् ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार शान्ति सुरक्षा सुदृढ गर्नका लागि यो अवधिमा आकस्मिकबाहेकका सम्पूर्ण आवागमन पूर्णरूपमा रोकिनेछ । जिल्ला प्रशासन कार्यालयहरूले यसबारे सूचना जारी गर्दै सीमा क्षेत्रमा कडाइ गरिएको जनाएका छन् ।

नेपाल र भारतबीचको यो ‘बोर्डर सिल’ प्रक्रिया विगतकै परम्परा हो । जहाँ चुनाव हुन्छ, त्यहाँका सुरक्षालाई प्राथमिकता दिँदै ७२ घण्टासम्म सीमामा दुवै देशका सुरक्षा निकायले संयुक्त रूपमा निगरानी गर्ने प्रचलन रहेको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय