सर्लाहीमा ५ किलोभन्दा बढी गाँजा सहित दुई जना पक्राउ

सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका–२, फुलपरासीस्थित हुलाकी राजमार्ग खण्डबाट प्रहरीले ५ किलोभन्दा बढी गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक रविन्द्र कार्कीको कमाण्डमा खटिएको टोलीले मङ्गलबार बिहान करिब १० बजे सुखचैनाबाट फुलपरासीतर्फ जाँदै गरेको मोटरसाइकललाई शंका लागी रोकि चेकजाँच गर्दा सिट मुनि प्लास्टिकमा बेरेर राखिएको ५ किलो ३०० ग्राम गाँजा फेला पारेको हो ।

गाँजासहित पक्राउ परेका व्यक्तिहरूमा सर्लाहीको कौडेना गाउँपालिका–१, सुन्दरपुरका १८ वर्षीय दिप नारायण ठाकुर मोटरसाइकल चालक र सोही ठाउँका ३० वर्षीय लोजा बैठा पछाडि सवार रहेका छन् ।

उनीहरूलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय