सूची लुकाएर इन्सपेक्टर सरुवा, अख्तियारका धेरैले पाए अवसर

काठमाडौं । प्रहरी प्रधान कार्यालयले मंगलबार इन्सपेक्टरहरुको नियमित सरुवा निकालेको छ । तर, यसपटकको सरुवाको सूची भने सार्वजनिक गरिएको छैन ।

धेरै वर्षपछि नेपाल प्रहरीले राजनीतिक सिफारिसबिना सरुवा गर्न सफल भएको बताइएको छ । सरुवामा चलखेल कम देखिएकाले यसअघि एसपी र डिएसपी सरुवामा जस्तो ठूलो विवाद देखिएको छैन ।

यद्यपि, अख्तियारमा कार्यरत धेरैले सरुवामा अवसर पाएको र प्रहरी महानिरीक्षक (आइजीपी) ले आफु निकटस्थहरुलाई प्राथमिकतामा राखेको आरोप समेत लागेको छ ।

जेनजी आन्दोलनपछि मनोबल खस्किएको प्रहरीले क्षमताअनुसार जिम्मेवारी दिनुपर्ने माग बलियोसँग उठिरहेको बेला यो सरुवा गरिएको हो ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय