प्रदेश डायरी अनलाइनमा मिति २०८२/०४/१० गते प्रकाशित “पूर्व असई श्याम सुन्दर साहको ठगी र डीआईजी उमाप्रसाद चतुर्वेदीको संरक्षणमा मौलाउँदै तस्करी साम्राज्य” शीर्षकको समाचारप्रति तपाईंको गम्भीर ध्यानाकर्षण, आपत्ति तथा खण्डनपत्र प्राप्त भएको जानकारी गराउँछु ।
उक्त समाचार हाम्रो अनलाइनले मौलिक रूपमा तयार गरेको नभई नेपाल फेस डटकम बाट साभार गरिएको थियो । साभार समाचार प्रकाशन गर्दा त्यसमा समाविष्ट विषयवस्तु हाम्रो संस्थाले स्वयम् पुष्टि नगरेको तथा त्यस प्रकारको सामग्री प्रकाशन गर्दा हुन ‘सक्ने कानुनी, नैतिक र व्यक्तिगत असरको पूर्वजानकारी हामीलाई थिएन ।
समाचारका कारण तपाईंको व्यक्तिगत प्रतिष्ठा, इमानदार सेवाकाल तथा निजी जीवनमाथि आघात पुगेकोमा हामी हृदयदेखि दुःख व्यक्त गर्दछौं। यसबाट पर्न गएको असुविधा र पीडाप्रति प्रदेश डायरी अनलाइन तथा सम्पादक सरोज यादव व्यक्तिगत रूपमा क्षमाप्रार्थी रहन्छौं ।
साथै, पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रताको मर्यादा कायम राख्दै आगामी दिनमा यस्ता समाचार प्रकाशित गर्दा विशेष सतर्कता अपनाउनेछौं भन्ने विश्वास दिलाउँछौं ।
यस सम्बन्धमा पुर्व असई श्याम सुन्दर शाहको भनाई जस्ताको तस्तै :




