सर्लाहीको लालबन्दीबाट २७ केजी गाँजासहित युवक पक्राउ

सर्लाही । सर्लाहीको लालबन्दीबाट भारततस्करी गर्न लागिएको २७ केजी गाँजासहित २० वर्षिय सन्ते ब्लोनलाई पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार, इन्सपेक्टर वीरेन्द्रसिंह जोहारी नेतृत्वको टोलीले पत्थरकोटबाट लालबन्दी जाँदै गरेको मोटरसाइकलमा गाँजा बरामद गरेको हो।

मोटरसाइकलमा दुई जना सवार थिए र प्रहरी देख्नासाथ भाग्ने प्रयास गरेका थिए। प्रहरीको छानबिनमा एक जनालाई पक्राउ गरिएको थियो। पक्राउ परेका व्यक्तिसँग थप अनुसन्धान अघि बढाइएको इप्रका लालबन्दीले जनाएका छन्।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय