सर्लाही । मधेस प्रदेशको सर्लाही स्थित ईलाका प्रहरी कार्यलय गडहियामा कार्यरत प्रहरी जवान पासवान माथि तस्करीलाई संरक्षण गर्दै असुली धन्दा चलाएको गम्भीर आरोप लागेको छ ।
ईलाका मातहतका १० वटा प्रहरी चौकीहरुमध्ये विशेषगरी भारतसँग जोडिएका सडकमार्ग हुँदै हुने तस्करीमा पासवानको मिलापत्र रहने गरेको स्थानीय व्यवसायीले नाम नखुलाउने सर्तमा बताएका छन् । भारतबाट भित्रिने सामान रोक्नुको सट्टा तस्करहरुसँग ठूलो रकम लिएर ‘लाइन मिलाउने’ गरेको उनीहरुकै दाबी छ ।
गडहिया क्षेत्रको सेटिङ इलाका प्रहरी कार्यालय गडहियाका ईन्स्पेक्टर उज्वल कार्कीको निर्देशनमा प्रहरी जवान बालबिर पासवानमार्फत सञ्चालन हुँदै आएको छ । पासवानले तस्करहरूलाई नजिकबाट सहयोग गर्दै स्कटिङसम्मको जिम्मा लिएको व्यापारीहरूको भनाइ छ ।
तस्करीको केन्द्रबिन्दु बनेको, मधुवनी, बहादुरपुर, छन्की, बलरा, अर्नाहा, मधुवनगोठ, बाराउधोरण, खैरवा, बौहरवा, सिसौट, लगायतका क्षेत्रमा दर्जनौं सक्रिय तस्कर खुलेरै कारोबार गर्दै आएका छन् ।
यता, साना व्यापारी र घरायसी प्रयोजनका सामान ल्याउने सर्वसाधारणलाई भने पासवानले कहिले ‘प्रहरीको घुमुवा’ भन्दै, त कहिले व्यक्तिगत रुपमा पैसासमेत असुलेको आरोप छ ।
हालै मधेस प्रदेश प्रहरी कार्यलयले सयौँ सादा पोसाकका प्रहरीमाथि अनुशासनको कारबाही गरेको भए पनि दिनभर सादा पोसाकमै घुम्ने जवान पासवान भने उक्त सूचीमा नपरेको विषयमा स्थानीयमा प्रश्न उठेको छ ।
ईलाका प्रहरी कार्यालय गडहियाका प्रमुख प्रहरी निरीक्षक उज्वल कार्कीले भने पासवानलाई फरार प्रतिवादी पक्राउ गर्ने जिम्मेवारीमा खटाइएको दाबी गरेका छन् ।
यसरी हुन्छ तस्करी :




