मधेशमा प्रहरीकै मिलेमतोमा तस्करी, १ सय १३ प्रहरी जिम्मेवारीमुक्त

जनकपुर । मधेश प्रदेशमा प्रहरीकै मिलेमतोमा तस्करी धन्दा चल्दै आएको आरोप सार्वजनिक भएपछि ठूलो संख्यामा प्रहरी जिम्मेवारीमुक्त भएका छन् । प्रदेश प्रहरी कार्यालय, जनकपुरका अनुसार हालसम्म १ सय १३ जना प्रहरीलाई कार्यक्षेत्रबाट हटाइएको छ ।

जिम्मेवारी गुमाउनेमा सादा पोसाकमा खटाइएका घुमुवा प्रहरीदेखि गैरव्यावसायिक गतिविधिमा संलग्न विभिन्न दर्जाका प्रहरी समेटिएका छन् । प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार उनीहरूलाई कार्यरत स्थानबाट अन्यत्र सरुवा गरिएको हो ।

“गैरव्यावसायिक गतिविधिमा संलग्न प्रहरी पहिचान गरी जिम्मेवारी हटाउने प्रक्रिया अझै जारी छ,” डीआईजी चतुर्वेदीले भने ।

सीमानाकामा तस्करी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र भन्सार कार्यालयका कर्मचारी खटाइन्छन् । तर प्रहरीद्वारा परिचालित घुमुवा मध्ये धेरैजसो तस्करसँग सिधा सम्पर्क राख्ने, असुली गर्ने र तस्करीलाई संरक्षण दिने काममा लागेको आरोपले सुरक्षा निकायमै प्रश्न उठाएको छ ।

आन्तरिक छानबिनपछि प्रदेश प्रहरी नेतृत्वले कारबाही अघि बढाएको हो ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय