मधेशमा पूर्वाधार समीक्षा सम्पन्न, मन्त्रीसहित तलब सहयोग घोषणा

जनकपुरधाम । मधेश प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न गरेको छ।

मन्त्रालयको सभा हलमा सम्पन्न उक्त गोष्ठीमा नेकपा (एमाले) संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवको अध्यक्षता रहेको थियो। कार्यक्रममा मन्त्रालयका सचिव संजय साह, महाशाखा प्रमुखहरू, पूर्वाधार कार्यालयका प्रमुखहरू तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता थियो।

गोष्ठीमा आर्थिक वर्ष २०८१/८२ मा विकास बजेटको ७८.२० प्रतिशत खर्च भएको विवरण सार्वजनिक गरिएको थियो। तीव्र गतिमा काम गर्दै उच्च प्रगति हासिल गरिएको उल्लेख गर्दै मन्त्री यादवले कार्यालय प्रमुखदेखि सबै कर्मचारीहरूप्रति धन्यवाद व्यक्त गरे। उनले आगामी दिनमा झनै मेहनत र समर्पणका साथ विकास निर्माणका कार्यहरू अघि बढाउन निर्देशनसमेत दिएका छन्।

कार्यक्रममा विकास निर्माण प्रक्रियामा देखिने समस्याहरूको पहिचान र समाधानका उपायहरूबारे समेत छलफल भएको थियो। गोष्ठीमा हालै प्रदेश सरकारले मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको प्रसंग उठ्दै मन्त्री, सचिवसहित मन्त्रालयका सम्पूर्ण कर्मचारीले तीन दिनको तलब प्रदेश विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय लिएको जानकारी गराइएको छ।

यसबाहेक, मन्त्रालयको तर्फबाट विपद् व्यवस्थापन तथा राहत वितरणमा के कस्ता पहलकदमी लिन सकिन्छ भन्नेबारे पनि गोष्ठीमा गम्भीर छलफल भएको बताइएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय