मलङ्वा ट्राफिक प्रहरीको चेकिङको नाममा असुली, सहायक हवल्दार विवादमा

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्वास्थित ट्राफिक प्रहरी कार्यालयमाथि यात्रु र पर्यटकलाई अनावश्यक दु:ख दिई पैसा असुल्ने गरेको आरोप लागेको छ । स्थानीयवासीका अनुसार ट्राफिक प्रहरीहरूले चेकिङको नाममा रकम असुल्ने कार्य लामो समयदेखि हुँदै आएको हो ।

सीमा नजिकै पर्ने घोरखकाली चौकीमा भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई विशेष लक्ष्य बनाइ भन्सार तथा कागजातको बहानामा रोकावट पुर्‍याई रकम असुल्ने गरिएको स्थानीयले बताएका छन्। “नेपाल घुम्न आएका भारतीयलाई पहिलो अनुभव नै खराब हुने बनाइन्छ, किनकि प्रवेश नाकामै प्रहरीले कागजातको नाममा दु:ख दिन्छ,” एक स्थानीय व्यवसायीले भने ।

यस्तै, ट्राफिक प्रहरी कार्यालय मलङ्वामा कार्यरत सहायक हवल्दार हिरालाल दासमाथि जाँड खाई चेकिङ गर्ने र यात्रुलाई अनावश्यक रूपमा दु:ख दिने आरोप पनि लागेको छ । तर, यस्ता गतिविधि रोक्न सरोकारवाला निकाय मौन रहेको स्थानीयको आरोप छ ।

“दिनहुँ खुलेआम चेकिङको नाममा रकम उठाइन्छ । सरोकारवाला निकायलाई जानकारी हुँदाहुँदै पनि कारबाही हुँदैन,” एक स्थानीयले नाम नखुलाउने शर्तमा भने ।

ट्राफिक प्रहरीको यस्तो कार्यले सामान्य नागरिक मात्र होइन, पर्यटकसमेत पीडित भएका छन् । यसबारे प्रहरी निकायले अझै कुनै धारणा सार्वजनिक गरेको छैन ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय