लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट डीएसपी उमाशंकर यादव सम्मानित

रुकुम पूर्व । जिल्लामा अपराध नियन्त्रणदेखि शान्ति सुरक्षासमेत मजबुत बनाउने कार्यमा सक्रिय रहेका डीएसपी उमाशंकर प्रसाद यादवलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर दाङले विशेष सम्मान प्रदान गरेको छ ।

प्रदेश प्रहरी कार्यालयले संगठनले दिएको जिम्मेवारीप्रति इमान्दारी, बफादारी र कर्तव्यनिष्ठाका साथ काम गर्दै आएका डीएसपी यादवलाई अपराध अनुसन्धान, तस्करी नियन्त्रण र जनचेतनामूलक कार्यक्रममार्फत नागरिकमा सुरक्षा चेतना फैलाएको योगदानका लागि सम्मान गरेको हो ।

व्यवस्थापकीय कार्यसञ्चालनमा समेत डीएसपी यादवको भूमिकाले प्रहरी संगठनभित्र सकारात्मक सन्देश गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय