‘संघीय गणतन्त्रको रक्षा गर्दै अगाडि बढ्छौं, अराजकता सह्य हुँदैन’ — जनमत

सर्लाही । सर्लाही जिल्लामा पछिल्लो केही महिनादेखि राजनीतिक आवरणमा विधिको शासन, प्रचलित व्यवस्था र गणतन्त्रको विरुद्ध विभिन्न गतिविधि भइरहेका जनमत पार्टीले जनाएको छ।

जिल्ला इन्चार्ज श्री चन यादवले समाजिक संजाल मार्फत विज्ञप्ति जारी गर्दै सर्लाहीमा कतिपय व्यक्तिहरूले सामूहिक हमला गराउने र जातीय द्वन्द्व फैलाउने जस्ता गतिविधि गरिरहेको भन्दै त्यसको घोर भर्त्सना गरेको छ।

‘हामी कुनै अराजक समूह वा व्यक्तिको पछि लाग्दैनौं,’ विज्ञप्तिमा भनिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै हामी नयाँ गणतन्त्रको दिशामा अघि बढ्छौं।’

जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेस आन्दोलन, स्वराज आन्दोलन, थरुहट आन्दोलनलगायत विभिन्न आन्दोलनमा शहीद भएका महान सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै पार्टीले सर्लाहीमा अहिले औपचारिक रूपमा कुनै क्षेत्रीय कमिटी नरहेको जनाएको छ।

जिल्ला इन्चार्ज श्री चन यादवका अनुसार अहिले सर्लाहीमा इन्चार्जको कमान्डमा पार्टीका भातृ संगठनहरू, वार्ड तथा पालिका कमिटीहरू र पालिका इन्चार्जहरू सक्रिय छन्।

उनले पार्टी निर्देशन र अनुशासन विपरीत गतिविधि गर्ने जो-कोही नेता तथा कार्यकर्तालाई कारबाही गरिने चेतावनीसमेत दिएका छन्।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय