विदेहमा तस्कर समूहको आक्रमण : सशस्त्र प्रहरीका ६ जवान घाइते, ग्यास सेल र हवाई फायर

धनुषा । धनुषाको विदेह नगरपालिका–२, गोबराही इलाकामा बिहीबार साँझ तस्कर समूहसँग भीषण झडप हुँदा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषा र महिनाथपुर सीमा सुरक्षा गुल्मबाट खटिएको टोलीले मोटरसाइकलमा लुकाइएका अवैध सामग्री खोजतलास गर्ने क्रममा घटनाले उग्र रुप लिएको हो। टोलीले एउटा शंकास्पद मोटरसाइकल बरामद गरेपछि नजिकै रहेको टहरोमा समेत छानबिन गर्न खोज्दा झडप सुरु भएको हो।

अन्दाजी सय जना संख्यामा रहेको समूहले घरेलु हतियारसहित ढुंगा-मुढा प्रहार गरेपछि स्थिति नियन्त्रण गर्न सशस्त्र प्रहरीले १३ राउन्ड अश्रुग्याँस र ४ राउन्ड हवाई फायर गर्नुपर्‍यो।

झडपमा घाइते भएका ६ प्रहरीमध्ये ३ जनालाई गम्भीर चोट लागेकाले उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ भने अन्य ३ जनाको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

स्थिति अहिले नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय