सर्लाही — सर्लाहीको मलंगवास्थित श्री पब्लिक माविमा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको अध्यक्षतामा युवा लक्षित सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला स्थित सबै सुरक्षा निकायका प्रमुखहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो ।
सचेतना कार्यक्रम अन्तर्गत लागुऔषधको प्रयोग र ओसारपसार नियन्त्रण, लैङ्गिक हिंसा, तथा समाजमा व्याप्त विभिन्न कुरितीबारे जानकारीमूलक प्रस्तुति र छलफल गरिएको थियो ।
कार्यक्रममा सम्बद्ध निकायका प्रतिनिधिहरूले युवामाझ सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।
विद्यालयका विद्यार्थीहरूले पनि कार्यक्रमप्रति चासो व्यक्त गर्दै आफूहरूले उपयोगी जानकारी हासिल गरेको बताएका छन् ।
सचेतनासँगै समाज रुपान्तरणमा युवाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको आयोजक पक्षको भनाइ छ ।



