सर्लाहीमा हावाहुरीले गोठ भत्किँदा दुई भैँसीको मृत्यु, तीन लाखभन्दा बढीको क्षति

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–३ स्थित जिरायत टोलमा सोमबार बिहान आएको हावाहुरीले एक किसानको गोठ भत्किँदा दुई भैँसीको मृत्यु भएको छ भने लाखौँ रुपैयाँ बराबरको क्षति पुगेको छ ।

सोमबार बिहान आएको तीव्र हावाहुरीका कारण रामप्रताप रायको काठको ढाँचामा निर्मित र खपडाले छाइएको ३१ फिट लम्बाइ र १५ फिट चौडाइको गोठ भत्किएको हो । उक्त गोठमा रहेका १३ भैँसीमध्ये २ वटा भैँसीको घटनास्थलमै मृत्यु भएको छ भने अन्य २ भैँसी सामान्य घाइते भएका छन् । बाँकी ९ भैँसी भने सकुशल रहेका छन् ।

घटनामा मानवीय क्षति नभए पनि गोठ र चौपायाको संयुक्त रुपमा करिब रु. ३ लाख ५० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।

स्थानीय प्रशासन र सम्बन्धित निकायले घटनाको विवरण संकलन गरी पीडित किसानलाई राहत उपलब्ध गराउने प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय