निर्धारित समय उलंघन गर्दै महोत्सव सञ्चालन, प्रहरीले माइकको लाइन काटेर कार्यक्रम स्थगित गर्‍यो

बारा : बाराको जितपुर सिमरामा सञ्चालन भइरहेको व्यापार तथा सांस्कृतिक महोत्सव निर्धारित समय पार गर्दै रातिसम्म सञ्चालन भएपछि प्रहरीले हस्तक्षेप गरेको छ। प्रशासनबाट बिहान १० बजेदेखि साँझ ६ बजेसम्मको लागि मात्र अनुमति दिइएको भए पनि आयोजकले राति ९ बजेसम्म टिकट बिक्री गर्दै कार्यक्रम अघि बढाइरहेका थिए।

शनिबार राति भोजपुरी गायक सुनील पण्डितको प्रस्तुति चलिरहँदा डिएसपी शुभद्रा वाइबा स्वयं स्टेजमा पुगिन् र माइकको लाइन काटेर कार्यक्रम स्थगित गराइन्।

उनको भनाइमा, तोकिएको समय नमान्दा शान्ति सुरक्षामा खतरा हुन सक्ने देखिएकाले कार्यक्रम रोकिनु आवश्यक थियो। आयोजकले साँझ ७ बजेसम्म अनुमति मागेको दाबी गरे पनि, ९ बजेसम्म पनि टिकट बिक्री भइरहेकाले भिडभाड र सम्भावित झगडाको जोखिम बढेको प्रहरीको निष्कर्ष छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय