सर्लाहीमा हावाहुरीले होटल भत्कियो, ६० हजारको क्षति

सर्लाही : सर्लाहीको गोडैता नगरपालिका–१२ मधुवनीगाउँमा हावाहुरीले एक होटल सञ्चालन भइरहेको घर भत्किएको छ ।

स्थानिय मुन्न सिंहको जग्गामा संजिव पासवानले काठ र फुसको अस्थायी घर बनाएका थिए । सोही घर रामनगर गाउँपालिका–७ का उमेश साहले भाडामा लिएर होटल सञ्चालन गरिरहेका थिए ।

मंगलबार साँझ आएको हावाहुरीका कारण घर पूर्ण रूपमा भत्किएको प्रहरीले जनाएको छ । यस घटनामा करिब ६० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

मानवीय क्षति भने नभएको र घटनाको जानकारी प्राप्त भएलगत्तै प्रहरी चौकी मधुवनीगाउँबाट टोली खटिएको बताइएको छ । घटनास्थल प्रहरी चौकीबाट करिब ४ किलोमिटर टाढा पर्छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय