डीआईजी उमा चतुर्बेदीद्वारा महोत्तरीको निरीक्षण: अनुशासन, आचरण र उत्तरदायित्वमा जोड

जनकपुर : मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी उमा प्रसाद चतुर्बेदीले महोत्तरी जिल्लास्थित जिल्ला प्रहरी कार्यालयको निरीक्षण गर्नुभएको छ। कार्यालयको भवन, विभिन्न शाखा, क्वाटर गार्ड, ब्यारेक र मेस लगायतका संरचनाको अवलोकनसँगै उहाँले मातहत प्रहरीहरुलाई अनुशासित, व्यावसायिक र नागरिकप्रति उत्तरदायी रहन स्पष्ट निर्देशन दिनुभयो।

निरीक्षणका क्रममा डिआईजी चतुर्बेदीले प्रहरी संगठनप्रति निष्ठा राख्दै सामाजिक सञ्जालको गलत प्रयोग नगर्न, गैरपेशागत आर्थिक गतिविधिबाट टाढा रहन र प्रहरी आचरण प्रतिकूल कुनै पनि कार्यमा संलग्न नहुन कडाईका साथ सचेत गराउनुभयो।

उहाँले बल प्रयोगका बेला मानव अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिँदै, प्रहरी कर्मचारीहरुले आफूलाई मानसिक तथा शारीरिक रूपमा स्वस्थ राख्नुपर्ने र पेशागत समस्याहरू विधिसम्मत रूपमा उजुरी दिन सकिने व्यवस्था रहेको स्पष्ट गर्नुभयो।

उहाँको निरीक्षणका क्रममा संगठनप्रतिको प्रतिबद्धता, शुद्ध प्रशासन र जिम्मेवार प्रहरी सेवाको महत्व झल्किएको थियो।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय