मनहरीमा ट्रक दुर्घटना : चालक र ट्रक मालिक घाइते

मनहरी गाउँपालिका–०८, ज्यामिरे चौधमाईलस्थित पूर्व–पश्चिम लोकमार्गमा आइतबार बिहान साँढे १ बजे सर्लाहीबाट काठमाडौं जाँदै गरेको ईंटा लोड गरिएको ट्रक दुर्घटनामा पर्दा चालकसहित दुईजना घाइते भएका छन्।

मधेश प्रदेश ०३–००२ ख ३२५४ नम्बरको ट्रक सडकको बायाँ किनारमा रहेको विद्युत पोलमा ठोक्किएर पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा रौतहट चन्द्रपुर नगरपालिका–२ का ३१ वर्षीय ट्रक चालक सन्दीप लामा र सर्लाही वागमती नगरपालिका –८ का ३१ वर्षीय ट्रक मालिक नविनकुमार गरङ्जा घाइते भएका हुन्।

चालक लामाको टाउको र घाटीमा चोट लागेर उनी मध्यम घाइते अवस्थामा छन् भने ट्रक मालिक गरङ्जाको बाँया खुट्टामा चोट लागेर सामान्य अवस्थामै रहेका छन्। दुवै जनाको हाल मनहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय