सर्लाहीको सुदामा गाउँमा दुई पक्षबीच झडप, १३ जना घाइते

सर्लाही : सर्लाहीको बलरा नगरपालिका–१० स्थित सुदामा गाउँमा आज दिउँसो दुई पक्षबीच भएको झडपमा १३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पुरानो विवादलाई लिएर विवाद चर्किएपछि दुवै पक्षबीच झडप भएको हो ।
डिएसपी सरोज राईका अनुसार घाइतेहरुको मलंगवा स्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी टोली घटनास्थलमा खटाइएको छ र हाल स्थिति सामान्य रहेको जनाइएको छ । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय