सात महिना अघि हराएको मोटरसाइकल सर्लाहीको विष्णुपुरबाट बरामद, धनीलाई फिर्ता

सर्लाही : ललितपुर महानगरपालिका–९ स्थित रेडक्रस भवनबाट २०८० साल असोज २३ गते हराएको बा.प्र. ०२–०२५ प ५४०४ नम्बरको एनएस २०० सीसी मोटरसाइकल लामो समयपछि फेला परेको छ।

उक्त मोटरसाइकल सर्लाही जिल्लाको हरिवन नगरपालिका–९, विष्णुपुर क्षेत्रमा इलाका प्रहरी कार्यालय हरिवन अन्तर्गतको नियमित चेकिङ टोलीले २०८१ साल वैशाख १५ गते बरामद गरेको हो।

प्रहरी अनुसन्धानपछि प्रमाणित प्रक्रिया पूरा गरी वैशाख २५ गते सो सवारीसाधन सम्बन्धित धनीलाई जिम्मा लगाइएको जानकारी प्रहरी स्रोतले दिएको छ।

हराएका सवारीसाधनको खोजीमा प्रहरीको तत्परताले सफलता पाएको यस घटनाले देखाएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय