हरिवनमा १५ केजी गाजासहित एक युवक पक्राउ

सर्लाही : सर्लाहीको हरिवन नगरपालिका–४, पटौनास्थित भित्री सडक खण्डमा प्रहरीले लागूऔषध गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।

सिन्धुलीको हरिहरपुर गाउँपालिका–७ निवासी २१ वर्षीय सबिन बललाई सशंकित अवस्थामा जाँच गर्दा प्रहरी टोलीले उनको साथबाट झोलामा लुकाइ राखिएको करिब १५ किलो २०३ ग्राम गाँजा फेला पारेको हो । बल प्रदेश ३–०२–०१० प ८२९३ नम्बरको कालो–रातो रंगको २२० सीसी पल्सर मोटरसाइकलमा सिन्धुलीबाट हरिवनतर्फ ल्याइरहेका थिए ।

ईलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी निरीक्षक किशोर तमाङको नेतृत्वमा खटिएको गस्ती टोलीले चेकजाँचका क्रममा बललाई पक्राउ गरी अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको जानकारी दिएको छ । पक्राउ गरिएको स्थान जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट करिब ५ किलोमिटर उत्तरतर्फ पर्छ ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय