एमाले धनुषा अधिवेशनमा विवाद चुलियो, निर्वाचन प्रक्रिया अवैधानिक भएको आरोप

धनुषा – धनुषामा जारी नेकपा एमालेको ८औँ जिल्ला अधिवेशन तनावपूर्ण बनेको छ। निर्वाचन प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै एक पक्षका नेताहरू धर्नामा बसेपछि विवाद चर्किएको हो। घटनाक्रमले उग्र रूप लिँदै मतपत्र च्यात्ने र कुर्सी तोडफोडसम्मको अवस्था सिर्जना भएको अधिवेशन प्रतिनिधिहरूले जनाएका छन्।

एमाले सचिव रघुवीर महासेठ पक्षधरले निष्पक्ष निर्वाचनको माग गर्दै मतपत्र च्यात्नेलाई कडा कारबाही गर्नुपर्ने भन्दै नाराबाजी गरेका छन्। जनकपुरमा वैशाख २० देखि जारी अधिवेशनमा अध्यक्ष पदका लागि भोला यादव र लक्ष्मी नारायण यादवले उम्मेदवारी दिएका छन्।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय