सर्लाहीका एसपी सिंहको सरुवा, योगेन्द्र खड्का नयाँ जिम्मेवारीमा

सर्लाही, १७ बैशाख – सर्लाही जिल्लामा १४ महिनासम्म सेवा दिएका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रबहादुर सिंहको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले हालै गरेको ६३ जना एसपीहरुको सरुवा सूचीमा सिंहको नाम पनि समावेश भएको हो। अब उनले काठमाडौंस्थित प्रहरी महानिरीक्षकको सचिवालय, नक्सालमा नयाँ जिम्मेवारी सम्हाल्नेछन्।

उनी सर्लाहीबाट बिदा भएपछि, नयाँ एसपीको रूपमा लुम्बिनी प्रदेश प्रहरी गण, कोहलपुर बाँकेमा कार्यरत योगेन्द्रकुमार खड्का सर्लाही आइपुग्ने भएका छन्।

बैशाख महिनाको तलब र भत्ता सरुवा भएको जिल्लाबाटै उपलब्ध गराउने निर्णयसहित सरुवा गरिएको हो। इन्स्पेक्टर र डिएसपीहरूको सरुवापछि आएको यो निर्णयसँगै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ठूलो प्रशासनिक फेरबदल देखिएको छ। केही दिनअघि मात्रै बरहथवा, लालबन्दी र चक्रघट्टाका इन्स्पेक्टर तथा डिएसपीहरूको पनि सरुवा भएको थियो।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय