पार्किङबाट हराएको बस टुक्र्याएर कवाडीमा, विराटनगरमा फेला परेपछि चकित प्रहरी

सुनसरीको धरानबाट वैशाख १२ गते हराएको एक यात्रुवाहक बस विराटनगरमा पार्टपूर्जा खोलेर बेच्दै गरिएको अवस्थामा फेला परेको छ । बस हराएपछि खोजीमा रहेका गाडीधनी र प्रहरीको प्रयासपछि मोरङको विराटनगर–१२ स्थित मलहनुवाचौक नजिकैको खाली चौरमा उक्त बस पत्ता लागेको हो ।

मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाका अनुसार प्रदेश १–०२–००१–९७४९ नम्बरको उक्त बस धरानको बरगाछीमा पार्किङ गरिएको अवस्थामा चोरी भएको थियो ।

प्रहरी अनुसन्धान अनुसार बसका पार्टपूर्जा खोलेर विराटनगर–६ स्थित सरोचियाको एक कवाडीमा बिक्री गरिँदै थियो । मंगलबार बिहान मात्र ती पार्टपूर्जाहरू तीन पटकमा कवाडीमा पुर्‍याइएको पाइएको छ ।

तर, बस टुक्र्याउने कार्यमा संलग्न व्यक्ति भने हालसम्म फरार छन् । घटनामा संलग्न भएको आशंकामा कवाडी सञ्चालिका गीतादेवी साह र उनका ज्वाँई दिपेन्द्र साहमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय