गगन थापालाई ओलीको चुनौती : बेडरुमसम्म बिचौलिया पुगेको प्रमाण देखाऊ

काठमाडौ : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निजी क्षेत्रसम्म बिचौलियाको पहुँच भएको भन्ने आरोप प्रमाणसहित प्रस्तुत गर्न चुनौती दिएका छन् । मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले राजनीतिमा षड्यन्त्र र झेली खेलको प्रवृत्ति मौलाउँदै गएको भन्दै चिन्ता व्यक्त गरे । ओलीले सरकारले विकास, स्थिरता र सुशासनमा गति लिएको बेला विरोधीहरुले झुठा आरोप फैलाएको आरोप लगाए ।

“सरकारले केही नगरेजस्तो बनाउने प्रयास भइरहेको छ। निलो रंगका स्यालहरु चर्को आवाज निकाल्दैछन्, तर ती धेरै टिक्नेवाला छैनन्,” प्रधानमन्त्री ओलीले भने। उनले आगामी निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने प्रतिबद्धता दोहोर्याए ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही दिनअघि प्रधानमन्त्रीको बेडसम्म बिचौलियाको पहुँच रहेको भन्दै आरोप लगाएका थिए, जसको जवाफ ओलीले सार्वजनिक रूपमा दिएका हुन् । साथै, प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको थाइल्याण्ड यात्रा पश्चात सरकार ढल्ने हल्लाको प्रतिक्रिया दिँदै त्यसलाई भ्रममात्र भएको बताए ।

पार्टीभित्रको राजनीतिका सन्दर्भमा ओलीले एकताको चेत आवश्यक भएको उल्लेख गर्दै, विरोधीलाई चिर्न विश्लेषणात्मक चेतना विकास गर्न सुझाव दिए ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय