बलरामा तेस्रो U-19 मेयर कप क्रिकेट सुरू

जितेश यादव / सर्लाही : सर्लाहीको बलरामा आजदेखि तेस्रो संस्करणको मेयर कप U-19 टि-ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा नगरपालिकाभित्रका १९ वर्षमुनिका खेलाडीहरुको सहभागिता रहेको छ ।

नगरप्रमुख रामा शंकर प्रसाद कुश्वाहाका अनुसार, खेललाई व्यवसायिक दिशा दिँदै स्थानीय प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । उनका अनुसार, १९ वर्षभन्दा माथिका खेलाडीहरू अन्य पेशामा संलग्न रहेको र उनीहरुको खेलमा पालिकाको लगानी दीर्घकालीन रुपमा उपयोग नहुने देखिएकाले युवाहरुलाई प्राथमिकता दिइएको छ ।

प्रतियोगितामा बलराका ११ वटा वडा र एक नगरस्तरीय टिमसहित कुल १२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । उद्घाटन समारोहमा संविधान सभा सदस्य शिवपुजन राय, रामनगर गाउँपालिका अध्यक्ष राजाबाबु यादव, नगरका जनप्रतिनिधि, बुद्धिजीवी र सम्पूर्ण टिमका खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यस प्रतियोगिताले बलरामा खेलकुदको माध्यमबाट युवा विकास र राष्ट्रिय प्रतिभा उत्पादनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

 

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय