सर्लाही – सुरक्षा र सेवामा समर्पित सर्लाही प्रहरीले फेरि एकपटक जनमैत्री कार्यद्वारा आफ्नो प्रतिबद्धता देखाएको छ । विभिन्न मिति, समय तथा स्थानबाट हराएका Samsung, Oppo, Realme र Vivo ब्रान्डका ६ थान मोबाईल फोनहरू फेला पारेर सम्बन्धित धनीहरूलाई सुरक्षित रूपमा बुझाइएको छ।
मोबाईल हराएपछि नागरिकहरू चिन्तित भइरहेका बेला, प्रहरीको सक्रिय खोजतलास तथा सूचनाको भरपर्दो उपयोगमार्फत ती सम्पत्तिहरू फेला पार्नु प्रहरीको दक्षता र जिम्मेवारीको उत्कृष्ट उदाहरण हो। यस कार्यले प्रहरी र समुदायबीचको सम्बन्ध अझ बलियो बनाएको छ।
सम्बन्धित व्यक्तिहरूले आफ्नो हराएको मोबाईल पुनः प्राप्त गर्दा गहिरो खुसी र आभार व्यक्त गरेका छन्। यस प्रकारका कार्यहरूबाट नागरिकमा प्रहरीप्रतिको विश्वास र सम्मान झनै बढ्ने देखिएको छ।
प्रहरी प्रशासनले आगामी दिनहरूमा पनि हराएका सामग्रीहरूको खोजी, अनुसन्धान तथा स्वामीलाइ हस्तान्तरणको प्रक्रिया निरन्तरता दिइने बताएको छ।



