वीरगञ्जको तनाव यथावत्, कर्फ्युको अवधि राति १२ बजेसम्म बढाइयो

वीरगञ्ज — दुई समुदायबीच बढ्दो तनावका कारण लगाइएको कर्फ्युको समय थप गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले शनिबार साँझ ६:३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि वीरगञ्ज क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो। तर स्थिति अझै सामान्य नभएको र सर्वदलीय बैठकमा कर्फ्यु जारी राख्न सुझाव आएपछि त्यसको अवधि राति १२ बजेसम्मका लागि लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।

कर्फ्यु अवधि थप गरिएको भए पनि सुरक्षा अवस्था निगरानीमा राखिएको र आवश्यकतानुसार थप निर्णय गरिने प्रशासनले जनाएको छ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय