दुर्गा प्रसाईं पक्राउको हल्ला गलत, प्रहरीले भन्यो– अझै फरार

काठमाडौं — नेपाल प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका भन्ने समाचारप्रति गम्भीर आपत्ति जनाउँदै हालसम्म उनी पक्राउ नपरेको स्पष्ट पारेको छ।

बिहीबार साँझ प्रहरी महानिरीक्षकको कार्यालयले एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यममा प्रसाईं पक्राउ गरिएको भनी प्रकाशित समाचारहरू भ्रामक भएको बताएको छ। विज्ञप्तिमा भनिएको छ, “नेपाल प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाईं पक्राउ’ भन्ने शीर्षकमा आएका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।”

प्रहरीका अनुसार विभिन्न आपराधिक घटनामा संलग्न रहँदै फरार रहेका दुर्गा प्रसाईं हाल पनि प्रहरीको खोजी सूचीमै छन्। प्रहरीको भनाइमा हालसम्म उनी पक्राउ नपरेको हुँदा यसबारे झूठा वा भ्रामक समाचारहरू नप्रकाशन गर्न अनुरोध गरिएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय