सर्लाही : सर्लाहीको बागमती नगरपालिका –११ स्थित चेकप्वाइन्टमा २०८१ साल चैत २७ गते बिहान ७:३० बजे ट्राफिक जाँचको क्रममा प्रहरीले शंकास्पद अवस्थामा रहेको कवाड बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।
प्रहरी नायब निरीक्षक सुभाष यादवको कमाण्डमा खटिएको टोलीले बिर्तामोड, झापाबाट पर्सातर्फ गइरहेको ना ६ ख ९८७५ नम्बरको ट्रकलाई रोकी जाँच गर्दा, त्यसमा लोड गरिएको कवाडको बिल तथा भरपाई कागजात शंकास्पद देखिएको थियो ।
उक्त ट्रकमा रहेका कवाडको अनुमानित मूल्य रू १२,७४,६९६.५० (बाह्र लाख चौहत्तर हजार छ सय छयानब्बे रूपैयाँ पचास पैसा) बराबरको रहेको प्रहरीले जनाएको छ । अहिले उक्त ट्रक र सामग्रीहरू थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय कर्मैयामा राखिएको छ ।



