लालबन्दीमा एमालेको नेतृत्व फेरियो, उज्वल कार्की अध्यक्षमा निर्वाचित

सर्लाही : सर्लाहीको लालबन्दीमा जारी नेकपा एमालेको नगर कमिटिको दोस्रो अधिवेशनबाट उज्वल कार्की अध्यक्षमा निर्वाचित भएका छन्। शनिबारदेखि सुरु भएको अधिवेशनमा सहमति नजुटेपछि आइतबार मतदान गरिएको थियो।

अध्यक्ष पदमा कार्कीले प्रतिस्पर्धी प्रेमप्रसाद आचार्य (उमेश)लाई १६५ भोट प्राप्त गर्दै ४७ मतको अन्तरले पराजित गरे। आचार्यले ११८ मत पाए। ३०९ मतदाता मध्ये २९९ ले मतदानमा सहभागिता जनाएका थिए भने १६ मत बदर भएका थिए।

उपाध्यक्षमा हेमप्रसाद पौडेल ११७ मतसहित, सचिवमा वर्षाकुमारी लामा १६७ मतसहित, सहसचिवमा बिक्रम खड्का १७२ मतसहित र सहसचिव (महिला) मा नैनकुमारी चौधरी १४२ मतसहित निर्वाचित भएका छन्।

अध्यक्ष पदमा चार उम्मेदवारमध्ये माधवप्रसाद खरेल र लीलाकुमार बानियाँले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका थिए। सहसचिव पदका उम्मेदवार विपिन भण्डारीले पनि नाम फिर्ता गरेका थिए।

लालबन्दी-६ स्थित मदन आश्रीत भवनमा सम्पन्न अधिवेशनमा अध्यक्ष पदका लागि कार्की र आचार्यबीच कडा प्रतिस्पर्धा देखिएको थियो।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय