सर्लाहीमा सुरक्षाकर्मीको मिलेमतोमा भारतबाट तस्करी गरिएको फूल, महोत्तरीमा बरामद

सर्लाही — सशस्त्र प्रहरी बलले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको फूल बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महोत्तरी जिल्लाको लक्ष्मिनिया क्षेत्रमा सशस्त्र प्रहरीले तस्करी गरेर ल्याइएको दुईवटा पिकअप फूल नियन्त्रणमा लिएको हो ।

सर्लाहीको पर्सा नाकाबाट सुरक्षाकर्मीहरूको संरक्षण र मिलेमतोमा तस्करी गरी नेपाल भित्र्याइएका ती फूलहरू सशस्त्र प्रहरीले विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएको हो । बरामद गरिएको फूल सर्लाहीका स्थानीय व्यापारी सन्तोष भण्डारीसँग सम्बन्धित रहेको खुलासा भएको छ । प्रहरी स्रोतका अनुसार व्यापारी भण्डारी उक्त फूल फिर्ता गराउन सक्रिय देखिएका छन् ।

यस घटनामा नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख डिआईजी लालमणी आचार्यका घुमुवा तेजनारायण यादवले शन्तोष भण्डारीलाई लाइन दिएको स्रोतले बताएका छन् । घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ भने तस्करीमा संलग्न अन्य पक्षहरूको खोजी पनि भइरहेको प्रहरीले जनाएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय