जनकपुर : जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. बसन्त कर्णमाथि कालोमोसो दलेको घटना सार्वजनिक भएको छ । क्याम्पस स्रोतका अनुसार, सोमबार दिउँसो ४:१० बजे क्याम्पसको साइन्स ब्लकतर्फ जाँदै गर्दा दुई युवाले अचानक उनलाई कालोमोसो दलेका हुन् ।
घटनापछि धनुषा प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहले यसबारे अनुसन्धान भइरहेको बताएका छन् । कालोमोसो दल्ने व्यक्तिहरू घटनास्थलबाट भागिसकेका कारण उनीहरूको पहिचान गर्न सीसीटीभी फुटेज विश्लेषण गरिँदै छ ।
यस्तै, क्याम्पसका कर्मचारी रासबिहारीले प्रमुख कर्णलाई नयाँ कपडा उपलब्ध गराएका थिए । उल्लेखनीय छ कि यसअघि पनि पूर्व क्याम्पस प्रमुख प्रा. डा. विजयलाल कर्णमाथि यस्तै घटना भएको थियो ।



