सर्लाहीमा नक्कली प्रहरी बनेर धम्की दिने युवक लागुऔषधसहित पक्राउ

सर्लाही : सर्लाहीको मलंगवा नगरपालिका – १० स्थित साहारा गेष्ट हाउसमा आफू नेपाल प्रहरीको ब्यूरो इन्सपेक्टर भएको बताउँदै होटल सञ्चालकलाई धम्की दिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार साँझ करिब पाँच बजे उक्त होटलमा एक व्यक्तिले प्रहरी अधिकृत भएको बताउँदै धाकधम्की दिइरहेको सूचना पाएपछि प्रहरी तत्काल घटनास्थल पुगेका थिए । अनुसन्धानका क्रममा ती व्यक्ति सर्लाहीको हरिवन नगरपालिका – ६ निवासी २९ वर्षीय अनुक्रम खरेल भएको खुल्यो ।

प्रहरीका अनुसार उनी नेपाल प्रहरीको इन्सपेक्टर नभएको प्रमाणित भएपछि शरिर खानतलासी गर्दा उनको साथबाट प्रतिबन्धित लागू औषध स्पास्मो प्रोक्सिभनका ३ पत्ता (२४ ट्याबलेट) बरामद गरिएको छ ।

हाल उनलाई नियन्त्रणमा लिई लागू औषध मुद्दामा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय