भारतीय नागरिकलाई नागरिकता दिनेमाथि कारबाहीको माग, गृहमन्त्रीको पुतलादहन

सिरहा – भारतीय नागरिकलाई नेपाली नागरिकता दिनेमाथि कारबाही नगरेको भन्दै सिरहाका स्थानीयहरूले गृहमन्त्री रमेश लेखकको पुतला जलाएका छन्।

पूर्वपश्चिम लोकमार्गअन्तर्गत चोहर्वामा मंगलबार साँझ स्थानीयहरू आक्रोशित हुँदै गृहमन्त्री लेखकको विरोधमा उत्रिएका थिए। उनीहरूले नरहा गाउँपालिका–३ का वडाध्यक्ष रुस्तम अन्सारी र वडासचिव रामदेव मण्डललाई राजनीतिक संरक्षण दिइएको आरोप लगाउँदै तत्काल कारबाहीको माग गरेका छन्।

भारतको मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायतका मोस्ताक मियाँले नेपाली नागरिकता पाएको घटनापछि प्रहरी अनुसन्धानमा स्थानीय अमानत मियाँलाई नक्कली बाबु बनाइएको खुलासा भएको छ। अमानतलाई प्रहरीले चैत ५ गते नै पक्राउ गरिसकेको भए पनि मुख्य अभियुक्त वडाध्यक्ष अन्सारी र वडासचिव मण्डल भने अझै फरार छन्।

सिरहा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए पनि अन्सारी र मण्डल राजनीतिक आडमा खुलेआम हिँडिरहेको स्थानीयहरूको गुनासो छ। एमालेबाट निर्वाचित वडाध्यक्ष अन्सारीलाई जिल्लाका केही प्रभावशाली नेताले जोगाउन खोजेको आरोप पनि लागेकाे छ।

 

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय