गर्भवती पत्नीलाई घुम्न जाऔँ भनि धोका दिई हत्या, डोजरले शव खाल्डोमा गाड्यो

इलामको फाकफोकथुम गाउँपालिकामा एक युवकले आफ्नी गर्भवती श्रीमतीको हत्या गरेको आरोपमा प्रहरी नियन्त्रणमा आएका छन्। २५ वर्षीय उमेश गिरीलाई आइतबार प्रहरीले सार्वजनिक गर्दै पक्राउ गरेको हो।

उमेशले १९ वर्षीया श्रीमती विमला कट्टेलको हराइरहेको बताउँदै चैत्र १ गते प्रहरी चौकी आमचोकमा निवेदन दिएका थिए। त्यसपछि प्रहरीले खोजतलासको प्रक्रिया शुरु गरेको थियो। अनुसन्धानको क्रममा श्रीमान् माथि शंका लागेपछि प्रहरी थप अनुसन्धानमा लागे।

आखिरकार, उमेशले घटनास्थलको बिच सडकमा शव गाडेको ठाउँ देखाएपछि हत्या को रहस्य खुल्यो। अनुसन्धानमा उमेशले २९ फागुनमा श्रीमतीको हत्या गरेको स्वीकार गरे। उनले गर्भवती श्रीमतीलाई घुम्न जान आग्रह गरेर मुक्का प्रहार गरी घाँटी थिचेर हत्या गरेका थिए। त्यसपछि एक्साभेटरले खाल्डो खनेर शव गाडेको खुलासा भएको छ।

विमलाको शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ। पक्राउ परेका उमेश गिरीलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा अदालतले ७ दिनको म्याद थप गरेको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय