वीरगंजमा किशोरीलाई नशालु पदार्थ खुवाएर पटक–पटक बलात्कार, १० हप्ताको गर्भ पुष्टि, आरोपी पक्राउ

बिरगंज : वीरगंज महानगरपालिका वडा नम्बर ३१ इस्लामपुरका शेख अब्दुल मतिनका छोरा शेख महमद अनवरलाई नशालु पदार्थ खुवाएर पटक–पटक बलात्कार गरी एक किशोरीलाई गर्भवती बनाएको आरोपमा पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार पीडित किशोरीले दिएको उजुरीका आधारमा आरोपीलाई नियन्त्रणमा लिइएको हो । उजुरीअनुसार आरोपीले किशोरीलाई विभिन्न नशालु पदार्थ मिसाइएको पानी खुवाई मानसिक रूपमा कमजोर बनाउँदै पटक–पटक बलात्कार गरेका थिए ।

पीडित किशोरीको मेडिकल परीक्षणबाट १० हप्ताको गर्भ रहेको पुष्टि भएको छ । उनले लामो समयदेखि नशालु पदार्थ खुवाएर जबरजस्ती करणी गरिएको प्रहरीसमक्ष बयान दिएकी छन् ।

घटना बाहिरिएपछि प्रहरीले तत्काल अनुसन्धान सुरु गरी आरोपीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पीडित किशोरीलाई सुरक्षित संरक्षणमा राख्दै उनको स्वास्थ्य परीक्षणपछि आवश्यक कानूनी तथा मानसिक परामर्श प्रदान गरिएको छ ।

यस घटनामा जबरजस्ती करणीको मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट आरोपीविरुद्ध म्याद थप गर्दै थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय