सर्लाहीमा शंकास्पद बिल सहित ६२ लाख रुपैयाँ बराबरको सामान नियन्त्रणमा

सर्लाही – सर्लाहीको बागमती नगरपालिका–११ स्थित चेकपोइन्टमा प्रहरीले शंकास्पद बिल भरपाईसहित ६२ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका विभिन्न सामान नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी नायव निरीक्षक सुभाष यादवको कमाण्डमा खटिएको चेकिङ टोलीले विराटनगरबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख ०९४१ नम्बरको कन्टेनर (डब्बा) गाडी जाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो ।

प्रहरीका अनुसार गाडीमा मोटर पार्ट्स, जिरा, ए.सी., इलेक्ट्रोनिक्स सामग्री लगायतका विभिन्न खुद्रा सामानहरू लोड गरिएका थिए । तर, तिनको बिल भरपाई शंकास्पद देखिएपछि अन्दाजी रु. ६२,३०,२७० (बासठी लाख तीस हजार दुई सय सत्तरी) मूल्य बराबरका सामान नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएको कन्टेनर गाडी र बरामद सामान थप अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाउनका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारा पठाइएको प्रहरीले जनाएको छ ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय