प्रहरी निरीक्षक शंकर श्रेष्ठ ‘पुलिस अफ द मन्थ’ घोषित, कर्तव्यनिष्ठ सेवाको सम्मान

काठमाडौं । काठमाडौं जिल्ला प्रहरी परिसरले भृकुटिमण्डपस्थित नगर प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक शंकर श्रेष्ठलाई फागुन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै सम्मानित गरेको छ।

लगनशीलता, कर्तव्यनिष्ठा र प्रहरी कारवाहीमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले उनलाई प्रशंसा पत्र प्रदान गरेका हुन्।

प्रशंसा पत्रमा श्रेष्ठको योगदानको उच्च कदर गर्दै सर्वसाधारणलाई सुरक्षा अनुभूति गराउन गरेको कार्यको प्रशंसा गरिएको छ। साथै, आगामी दिनमा पनि शान्ति सुरक्षामा उनको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरिएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय