दीपक थापा नेपाल प्रहरीको ३१औँ आईजीपी बन्ने पक्का, मन्त्रिपरिषद् बैठकबाट औपचारिक घोषणा हुने

काठमाडौ : नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा ३१औँ प्रहरी महानिरीक्षक (आईजीपी) बन्ने निश्चित भएको छ। वर्तमान आईजीपी वसन्त बहादुर कुँवरको अवकाशपछि रिक्त हुने पदमा थापा नियुक्त हुने भएका हुन्।

जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा थापा आईजीपी बन्ने निश्चित भएको हो। हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख रहेका थापा फिल्ड कमान्डमा अनुभवी मानिन्छन्। आईजीपीका प्रतिस्पर्धी एआईजी सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै उनले नेतृत्व सम्हाल्न लागेका हुन्।

सोमबार अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी प्रमुख नियुक्त गर्नेछ। विद्यमान कानुनअनुसार, थापाको कार्यकाल करिब ६ महिनाको हुनेछ।

यसैबीच, आईजीपी कुँवरसहित ५ एआईजी र ३ डीआईजी सोमबारदेखि अवकाशमा गएका छन्। ३० वर्षे सेवा अवधिका कारण ९ जना उच्च प्रहरी अधिकारी सेवानिवृत्त भएका हुन्।

 

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय