नक्कली डीएसपी बनेर ठगी गर्ने पक्राउ

काठमाडौं । आफूलाई नेपाल प्रहरीको ‘डीएसपी’ भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका-४ का स्थायी बासिन्दा तथा हाल काठमाडौं महानगरपालिका-३ बस्दै आएका ४७ वर्षीय राजु कर्मी श्रेष्ठ रहेका छन्।

काठमाडौंको महाराजगञ्जबाट पक्राउ परेका श्रेष्ठले केदारप्रसाद पौडेल, सम्भुप्रसाद पौडेल, सुजन थापा र नारायणबहादुर राउतलाई सम्पर्क गरी ठगी गरेको उजुरी प्रहरी वृत्त महाराजगञ्जमा दर्ता भएको थियो।

उनले फुलमाया कामीलाई ‘रिटायर्ड डीएसपी हुँ, इन्टरपोलमा कार्यरत छु, विदेशका उच्च पदस्थ व्यक्तिहरूसँग राम्रो सम्बन्ध छ’ भन्दै विभिन्न देशहरूमा पठाइदिने आश्वासन दिएर ७ लाख ८७ हजार रुपैयाँ ठगेको उजुरी परेको छ।

अनुसन्धानका क्रममा ठगीमा श्रेष्ठको संलग्नता प्रमाणित भएपछि प्रहरीले उनलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान थालेको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय