कास्की पुगे रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तारेखका लागि जिल्ला अदालत, कास्कीमा उपस्थित हुने भएका छन्। उनीविरुद्ध दायर भएको सुर्यदर्शन सहकारी ठगीको मुद्दाको दोस्रो तारेख आइतबार तोकिएको छ।

आजै उनी कास्कीबाट भैरहवा जाने रास्वपाले जनाएको छ। जिल्ला अदालत, रुपन्देहीमा सोमबार उनको मुद्दामा तारेख तोकिएको छ।

जिबी राई समूहले सञ्चालन गरेका सहकारीको रकम गोर्खा मिडियामा गएको आधारमा चार वटा सहकारीको ठगीमा उनलाई प्रतिवादी बनाइएको छ । पर्सामा भने उनीविरुद्धको मुद्दा ‘होल्ड’मा राखिएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय