२४ क्वीन्टल भन्दा बढी गाँजासहित ४ जना पक्राउ, मुख्य व्यक्तिसम्म प्रहरीको हात पुग्नै बाँकी

राजविराज,१९ फागुन । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ९ मलेठस्थित एक गोदामबाट २४ क्वीन्टल १९ किलो ५ सय ग्राम गाँजासहित प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएका छन् ।

तीन जना भारती नागरिक लगायत ४ जनालाई लागुऔषध गाँजासहित विभिन्न अबैध सामान सोमबार प्रहरीले नियन्त्रणमा लिएका हुन् ।
पक्राउ पर्नेमा गाँज लोड गरिएको ना ५ ख ५९५१ नम्बरको ट्रकका चालक सप्तरीको खडक नगरपालिका १० देव नारायण पासवान, मजदुर भारतीय नागरिक बर्ष २० को राज कुमार साह,बर्ष १९ का असलम खान र गोदामका चौकीदार ६५ बर्षिय राम नारायण जादे रहेका छन् ।
गोदामबाट गाँजासहित ३ लाख ३९ हजार २० सम्य मुल्यका १ सय ४२ कार्टुन स्याउ, १८ लाख ३१ हजार ५ सय मुल्यको कपडा,१९ हजार मुल्य बराबरको चिनी, ८४ हजार ५ सय बराबरको धाराको टुटी, २ वटा ट्रक, भारती नम्बर प्लेटका स्कारपिओ १ , कार १ बरामद भएको प्रहरीले जनाएको छ ।
गाँजा सहित गोदामका चौकीदार जादेलाई नियन्त्रणमा राखी अनुसन्धान अगाडि बढाएको तथा सवारी साधनसहित चालक र मजदुरलाई आवश्यक कारबाहीको लागि तिलाठी भन्सार कार्यालयको जिम्मा लगाएको सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।
शंका लागेर चेकजाँच गर्दा गाँजासहितको उक्त अबैध सामान फेला परेको एसपी ढकालले बताए । गोदाम नजिकैको एक ट्रकबाट अर्को ट्रकमा शंकास्पद सामग्री अनलोड गरिरहेको देखेपछि शंका लागि सोधीखोजी गर्दा स्याउ गोदाममा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले गोदाम सञ्चालकलाई बोलाएपछि उनी नआएपछि गोदाम फोडेर हेर्दा भित्र गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका अनुसार ८० भन्दा बढी बोरामा गाँजा राखिएको थियो ।
सो गोदाम नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य ललिता कुमारी साहको रहेको बुझिएको छ ,यथपी प्रहरीले गोदाममा रहेको गाँजा सहितका समानवारे अनुसन्धा भैरहेको बताएका छन ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय