सर्लाहीमा ट्रकको ठक्करबाट महिला गम्भीर घाइते, हेलिकप्टरमार्फत काठमाडौं रेफर

१९ फागुन – सर्लाहीको हरिवन नगरपालिका –९, सुखेपोखरीमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी एक महिलालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ।

प्रहरीका अनुसार हरिवन नगरपालिका –११, बोइबोइ चोक निवासी ५५ वर्षीया रानीदेवी साह सोमबार दिउँसो चतुर्भूजेश्वर महादेव मन्दिरमा दर्शन गरी फर्किने क्रममा सडक पार गर्ने बेला ट्रकको ठक्करमा परेकी थिइन्। ना ५ ख २७६४ नम्बरको खाली ट्रकले सुखेपोखरी पुल नजिक उनलाई ठक्कर दिएको थियो।

दुर्घटनापछि अचेत अवस्थामा रहेकी साहलाई तत्काल उद्धार गरी मोडल अस्पताल, लालबन्दीमा प्राथमिक उपचारका लागि लगिएको थियो। तर, उनको अवस्था गम्भीर भएकाले अपराह्न ४ बजेतिर मनाङ एयरको हेलिकप्टरमार्फत काठमाडौंको बीएण्डबी अस्पताल रेफर गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए।

दुर्घटनापछि ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले बताएका छन्।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय