सर्लाहीका दुई निजी अस्पतालमा मधेश सरकारको अनुगमन, दुवै अवैध

सरोज यादव । सर्लाही : मधेश प्रदेश सरकारले शनिबार सर्लाही जिल्लामा २ वटा निजी अस्पतालको अनुगमन गरेको छ । जसमा दुई ओटै अस्पताल अवैध रूपमा सञ्चालनमा रहेको पाईएको छ । दयन्ती हस्पिटल प्रालि र सर्लाही जीवन हेल्थ केयर प्रालि लाई अनुमति नलिई सञ्चालन गर्दै गरेको पाइएपछि तत्काल बन्द गर्न आदेश दिइएको छ ।

प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा स्वास्थ्य मन्त्री शत्रुधनप्रसाद सिंह सहितको टोलीले शनिबार सर्लाहीको हरिवन स्थित अस्पतालहरूको अनुगमन गरेका थिए ।

मापदण्ड पूरा नगरी सञ्चालन भएका अस्पतालहरूमा भौतिक पूर्वाधार, आवश्यक औषधि र उपकरणहरूको पर्याप्त व्यवस्था छैन, र योग्य स्वास्थ्यकर्मीको पनि अभाव छ । उपचार अत्यधिक महँगो बनेको र सेवा गुणस्तरमा कमी रहेको गुनासो बढ्दै गएको छ । यसको परिणामस्वरूप, बिरामीहरूको स्वास्थ्यमा गम्भीर असर पर्ने र केही अवस्थामा ज्यानको जोखिम समेत उत्पन्न हुने खतरा रहेको छ ।

सर्लाहीका निजि अस्पतालहरूमा योग्य स्वास्थ्यकर्मीको पनि अभाव रहेको र बिरामीहरूको उपचारमा असुविधा भइरहेको गुनासो आएपछि प्रदेश सरकारले सर्लाहीमा अनुगमनलाई तीव्र बनाएको हो ।

प्रदेश सरकारले अवैध रूपमा सञ्चालन भइरहेका अस्पतालहरूलाई कानुनी प्रक्रिया पूरा नगरेसम्म पुनः सञ्चालन गर्न अनुमति नदिने निर्णय गरेको छ । यसका साथै, सरकारले निजी अस्पतालहरूको अनुगमनलाई तीव्र बनाउने र यसले स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्य राखेको छ ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय