कुम्भ मेलाकी भाइरल मोनालिसा रौतहटमा, पतौराधामस्थित शिव मन्दिरमा गरिन् दर्शन

रौतहट : रौतहटको मौलापुर नगरपालिका स्थित पतौराधाम शिव मन्दिरमा महाशिवरात्रिको अवसरमा नेपाल र भारतका चर्चित कलाकारले दर्शन गरेका छन्। मधानी महोत्सवमा सहभागी हुन पुगेका भोजपुरी सिने लेखक तथा निर्माता विनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, चर्चित गायक तथा अभिनेता रितेश पाण्डेसहित मोनालिसा, मिंटुवा, सुनिल पंडित, अनु चौधरी, गौरभनारायण राईलगायत कलाकारहरूले महादेवको दर्शन गरेका हुन् ।

स्थानीय तथा अन्तर्राष्ट्रिय कलाकारहरूले मधानी विशेष सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिइरहेका छन् । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको पतौराधामस्थित शिव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने उद्देश्यले मौलापुर नगरपालिकाले प्रत्येक वर्ष मधानी महायज्ञको आयोजना गर्दै आएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय