मलङ्गवामा विद्युत् समस्या समाधानका लागि प्रविधिगत सुधार, क्यापेसिटर बैंक र नयाँ ट्रान्सफर्मर जडान

सरोज यादव । फागुन, ११ सर्लाही – नेपाल विद्युत् प्राधिकरण मलङ्गवा वितरण केन्द्रले ‘लो भोल्टेज’ समस्याको समाधानका लागि क्यापेसिटर बैंक जडान गरेको छ। साथै, विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउन पुरानो ट्रान्सफर्मर हटाएर २४ एमभीएको नयाँ ट्रान्सफर्मर प्रतिस्थापन गरिएको छ।

वितरण केन्द्र प्रमुख इन्जिनियर उमेशप्रसाद यादवका अनुसार गर्मीयाममा लोड थेग्न नसकी तार चुँडिने समस्या न्यूनीकरण गर्न नवलपुर ग्रिड सवस्टेशनबाट तानिएको ३३ केभी लाइनको तार फेर्ने काम ८०% पूरा भइसकेको छ। बाँकी खण्डमा तार फेर्ने क्रममा विद्युत् आपूर्तिमा असर नपरोस् भनेर हरिपुर वा हरिपूर्वा सवस्टेशनबाट मलङ्गवा वितरण केन्द्रमा लाइन दिने विषयमा समन्वय भइरहेको छ।

यसअघि, बारम्बार विद्युत् कटौती र न्यून भोल्टेजको समस्याबाट आजित उपभोक्ताहरूलाई राहत दिनका लागि वितरण केन्द्रले विभिन्न चरणमा सुधारका उपायहरू अपनाउँदै आएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय