जनकपुर : बर्दिबासमा सम्पन्न प्रेस सेन्टर नेपालको पाँचौं प्रदेश अधिवेशनले पर्साका पत्रकार निरज पिठाकोटीलाई मधेश प्रदेश अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। वरिष्ठ उपाध्यक्षमा सप्तरीका गोपाल गुप्ता, उपाध्यक्षमा धनुषाका रामएकवाल महरा, महासचिवमा सिरहाका जिवछ उदासी चयन भएका छन्।
सचिव पदमा धनुषाका विनोद महतो, बाराका रमेश साह, पर्साका रञ्जित पाण्डे, सप्तरीका दिपेन्द्र यादव, महोत्तरीका विष्णु गुप्ता, रौतहटका ओमकिशोर चौधरी चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी महोत्तरीका निरञ्जन साहलाई दिइएको छ।
सदस्यहरूमा धनुषाकी प्रतिभा झा, सिरहाका रामनारायण ठाकुर र आमस्त चौधरी, सप्तरीका महेन्द्र मण्डल, महोत्तरीकी इशारा लामा, पर्साका भरत सर्राफ र सुव्दर हुसेन, सर्लाहीका सन्तोष लामा र सुमन लामा, बाराका उमेश घलान र मुकेशकुमार मेहता रहेका छन्।
केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेश इन्चार्ज गोविन्द देवकोटाका अनुसार पहिलो बैठकबाट महिला उपाध्यक्ष मनोनयन गरिने छ।



