दोलखाका प्रहरी प्रमुख डिएसपी ज्ञानकुमार महतोले पदभार ग्रहण गरे

केही दिनअघि मात्र प्रहरी प्रधान कार्यालय नक्सालले निकालेको सरुवामा डीएसपी ज्ञानकुमार महतोलेको जिल्ला प्रहरी कार्यालय दोलखामा सरुवा भएको थियो।
पदभार ग्रहण गर्दै डिएसपी महतोले अपराध नियन्त्रण, जनताको जिउधनको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताए । ‘नेपालको संविधान प्रचलित ऐन कानुनको पूर्ण परिपालना गर्दै जिल्लामा सार्वजनिक सुरक्षा शान्ति र अमनचयन कायम राख्न सम्पूर्ण प्रहरी कर्मचारीलाई परिचालन गर्दै हरपल निष्ठापूर्वक प्रयत्नरत रहने बताएका छन् ।
अपराध नियन्त्रण र अनुसन्धानमा व्यावसायिकता र कानुनको कार्यान्वयनको माध्यमले कानुनी शासनको महसुस हुने गरी काम गर्नेछु,’ उनले प्रतिबद्धता जनाए, ‘अग्रजहरू तथा प्रहरी महानिरीक्षकको निर्देशनका साथसाथै मानव अधिकारका अन्तर्राष्ट्रिय मूल्य मान्यताअनुरूप न्याय निष्पक्षता र समानताका साथ काम गर्नेछु ।’

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय