मधेश प्रदेशमा संकल्प प्रस्ताव विवाद : उपभोक्ता समिति मार्फतको निर्माण कार्यको विरोध

सरोज यादव । जनकपुर – मधेश प्रदेश सरकारले संकल्प प्रस्ताव पारित गरेर उपभोक्ता समिति मार्फत विकास निर्माणका योजना सञ्चालन गर्न थालेको छ । तर, निर्माण व्यवसायी संघ धनुषाले यसको कडा विरोध गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले समेत संकल्प प्रस्तावबारे चासो देखाए पनि सरकारले वेवास्ता गर्दै योजनाहरू वितरण जारी राखेको छ। संघका अध्यक्ष अशोक कुमार चौधरीले सरकारले बजेट संशोधन गर्दै कमिसन लिने नियतले योजना बिक्री गरिरहेको आरोप लगाएका छन् ।

जसपा नेपालका नेता सरोज कुमार यादवका अनुसार संकल्प प्रस्तावलाई प्रदेश प्रमुखले प्रमाणिकरण गर्नुपर्ने संवैधानिक प्रक्रिया पूरा भएको छैन। हाल प्रत्यक्ष सांसदहरूलाई ५ करोड र समानुपातिक सांसदहरूलाई डेढ करोडका योजना वितरण भइरहेको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय